काठमाडौं, १० बैशाख — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले ट्राफिक वृत्त नयाँ बसपार्क काठमाडौँमा पुनर्निर्मित नवनिर्मित प्रहरी भवनको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सेवाग्राहीको सहजता र प्रभावकारी सेवा प्रवाहलाई ध्यानमा राख्दै निर्माण गरिएका आधुनिक संरचनाहरूको उपयोगमार्फत प्रहरी सेवालाई अझ नागरिकमैत्री बनाउन निर्देशन दिनुभयो।
उहाँले प्रहरी सेवामा बिचौलिया प्रथाको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै पीडितप्रति संवेदनशील भई न्यायपूर्ण र जिम्मेवार दृष्टिकोण अपनाउन सबै प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।
