काठमाडौं, ४ बैशाख २०८३ । साताको कारोबारको छैटौँ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १२० रुपैयाँले घट्दै आज चाँदी ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार, आज प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५७ हजार ३० रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ तोकिएको छ।

