53
काठमाडौं, २७ चैत —रास्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। नेपालको संविधानको धारा ९५ अनुसार दिउँसो ३ बजे बस्ने बैठकलाई उहाँले सम्बोधन गर्न लाग्नुभएको हो।
प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो। संविधानको धारा ९५ (२) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको सुरुवातमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।
सङ्घीय संसद् सचिवालयले सदस्यहरूलाई बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि अर्थात् २:४५ बजेसम्म उपस्थित भइसक्न आग्रह गरेको छ।