आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मोदीद्वारा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

मोदीद्वारा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो

67

काठमाडौं, २९ चैत — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार शाहले निम्तो स्वीकार गरिसकेका छन्।

मोरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी रहेका मन्त्री खनालले भ्रमणलाई परिणाममुखी बनाउन दुवै देशबीच तयारी भइरहेको बताए। प्राविधिक र राजनीतिक तहमा गृहकार्य पूरा भएपछि मात्र भ्रमणको मिति तय गरिनेछ।

खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटमा प्राथमिकतामा आधारित परियोजना अघि बढाएर द्विपक्षीय संयन्त्र सक्रिय बनाउने सहमति भएको छ। साथै, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने र जारी परियोजनाको समीक्षा गर्ने विषयमा पनि समझदारी बनेको छ।

नेपालले आन्तरिक तयारी पूरा गरेपछि भारतसँग थप वार्ता अघि बढाइने र त्यसपछि भारतीय परराष्ट्र सचिवको नेपाल भ्रमण हुने अपेक्षा गरिएको छ। सरकारले द्विपक्षीय सम्बन्धलाई औपचारिकतामा सीमित नराखी ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखेको जनाएको छ।