72
काठमाडौं, २ बैशाख २०८३— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत ) का राजदूत रब फेन बीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। विशेषगरी सातै प्रदेशमा सञ्चालन गर्न लागिएको अटिजम विद्यालय, शिक्षकको पेशागत क्षमता विकास तथा ट्रान्सनेशनल शिक्षा कार्यक्रमबारे सहयोग आदान–प्रदान गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले शिक्षा सुधार र क्षमता विकासमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए भने राजदूत फेनले नेपालसँगको शैक्षिक सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
