भारत, ९ बैशाख – भारत का प्रधानमन्त्री नरेन्द्र मोदी ले “पहलगाम आतंकवादी आक्रमण” को पहिलो श्रद्धान्जली अर्पण गर्दै शोक सन्देश व्यक्त गरेका छन्।
भारतका प्रधानमन्त्री मोदीले उक्त आक्रमणमा ज्यान गुमाएका निर्दोष नागरिकहरूको सम्झना गर्दै उनीहरूलाई कहिल्यै नबिर्सिने बताएका छन्। साथै, उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरू अहिले पनि ठूलो पीडामा रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री मोदीले राष्ट्र यस्तो दुःखद घडीमा एकजुट भएको बताएका छन्। उनले भारत कुनै पनि प्रकारको आतंकवादसँग कहिल्यै नझुक्ने स्पष्ट पार्दै आतंकवादीहरूको योजना कहिल्यै सफल नहुने दृढ अडान व्यक्त गरेका छन्।

