53
काठमाडौं, २७ चैत — वैदेशिक रोजगारी विभागले श्रम स्वीकृति सम्बन्धी काम गर्ने भन्दै प्रचार गर्ने ‘बिचौलिया’माथि कारवाही गर्ने चेतावनी दिएको छ। शुक्रबार जारी सूचनामा विभागले केही साइबर सेन्टर, तालिम केन्द्र तथा संस्थाले ‘श्रम गरिन्छ’, ‘अनलाइन फारम भरिन्छ’ जस्ता प्रचार गरी सेवाग्राहीबाट रकम असुल्ने कार्य गैरकानूनी भएको स्पष्ट पारेको छ।
रोजगारी विभागका अनुसार सरकारले देशभरका सरकारी कार्यालयमा ‘बिचौलिया’ निषेध गरे पनि श्रमका नाममा यस्तो गतिविधि जारी रहेको पाइएकाले कडाइ गर्न लागिएको हो।
यस्ता संस्थालाई होडिङ बोर्ड, फ्लेक्स, भित्ते लेखनलगायत सबै प्रकारका प्रचार सामग्री तुरुन्त हटाउन निर्देशन दिइएको छ। आगामी सोमबारसम्म सामग्री नहटाए कानुनी कारवाही गरिने विभागले जनाएको छ।