आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आईजीपी दान बहादुर कार्कीद्वारा नयाँ बसपार्कस्थित ट्राफिक वृत्तको नवनिर्मित भवन उद्घाटन

आईजीपी दान बहादुर कार्कीद्वारा नयाँ बसपार्कस्थित ट्राफिक वृत्तको नवनिर्मित भवन उद्घाटन

43

काठमाडौं, १० बैशाख — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले ट्राफिक वृत्त नयाँ बसपार्क काठमाडौँमा पुनर्निर्मित नवनिर्मित प्रहरी भवनको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सेवाग्राहीको सहजता र प्रभावकारी सेवा प्रवाहलाई ध्यानमा राख्दै निर्माण गरिएका आधुनिक संरचनाहरूको उपयोगमार्फत प्रहरी सेवालाई अझ नागरिकमैत्री बनाउन निर्देशन दिनुभयो।

उहाँले प्रहरी सेवामा बिचौलिया प्रथाको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै पीडितप्रति संवेदनशील भई न्यायपूर्ण र जिम्मेवार दृष्टिकोण अपनाउन सबै प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।