आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंजमा चैत २८ गते शनिवार श्री जगन्नाथ रथ यात्रा आयोजना

वीरगंजमा चैत २८ गते शनिवार श्री जगन्नाथ रथ यात्रा आयोजना

78

वीरगंज, २६ चैत – अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) वीरगन्जले चैत २८ गते शनिबार को दीन “श्री जगन्नाथ रथ यात्रा २०८२” भब्य रुपमा आयोजना गर्न लागेको छ। उक्त कार्यक्रमबारे सम्पूर्ण जानकारी आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ |

रथयात्रा शनिवार दिउँसो १ बजे गहवा माई मन्दिर अगाडिको पार्कबाट प्रारम्भ हुनेछ र आदर्शनगर, मकालु होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः मन्दिर अगाडिकै पार्कमा समापन हुनेछ।

वैदिक परम्पराअनुसार मनाइने यो रथ यात्रामा भगवान् जगन्नाथ, बलदेव र सुभद्रा महारानीको रथयात्रा निकालिने छ। इस्कोनका अनुसार, कार्यक्रमले समाजमा एकता, मेलमिलाप, भक्तिभाव र समानताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ | यस रथयात्रामा ६ हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुको सहभागिता रहने अनुमान गरिएको छ।

मुक्तिनाथ साहका अनुसार, “कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन सुरक्षाको दृष्टिकोणले सम्पूर्ण तयारी तीव्र पारिएको छ।” आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो |