आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News शुक्रबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला सुन तीन हजारले सस्तो

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला सुन तीन हजारले सस्तो

49

काठमाडौं, ४ बैशाख २०८३ । साताको कारोबारको छैटौँ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १२० रुपैयाँले घट्दै आज चाँदी ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार, आज प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५७ हजार ३० रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ९८ रुपैयाँ तोकिएको छ।