आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मंगलबार पनि सुनचाँदीको मूल्यमा उछाल

मंगलबार पनि सुनचाँदीको मूल्यमा उछाल

102

काठमाडौं, १७ चैत — नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ भने चाँदीको मूल्य पनि १ सय ४५ रुपैयाँले वृद्धि भएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।