62
काठमाडौँ, १६ चैत – सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।