आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुन तोलामा ३ हजार १ सयले रुपैयाँले वृद्धि

सुन तोलामा ३ हजार १ सयले रुपैयाँले वृद्धि

53

काठमाडौं,१ बैशाख — नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा १६५ रुपैयाँले वृद्धि भई ५ हजार ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।