आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनको मूल्य ३ हजार ६ सयले घटयो, चाँदीको मूल्यमा पनि गिरावट

सुनको मूल्य ३ हजार ६ सयले घटयो, चाँदीको मूल्यमा पनि गिरावट

84

काठमाडौं, बिहीबार, १९ चैत — नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन भने सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदीको मूल्य प्रतितोला १ सय ६५ रुपैयाँले घटेर आज चार हजार ७ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि चाँदी चार हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।