काठमाडौँ, ३० चैत – साताको कारोबारको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो। महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५४ हजार ३ सय ७० रुपैयाँ कायम गरिएको छ। हिजो १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७ सय १५ रुपैयाँ रहेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ, जुन हिजो ४ हजार २ सय ६५ रुपैयाँ थियो।