आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुन–चाँदीको मूल्यमा भारी गिरावट

सुन–चाँदीको मूल्यमा भारी गिरावट

70

काठमाडौं, २६ चैत — नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य तोलामा ४,३०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधबार तोलामा २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेर बुधबारको ५,०२५ रुपैयाँबाट बिहीबार ४,८७५ रुपैयाँमा झरेको छ।