भदौ २१, वीरगंज — सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरूलाई निष्क्रिय पार्ने निर्णय गरेपछि इन्टरनेट सेवा प्रदायकहरूले शनिबारदेखि फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरलगायत ठूला प्लाटफर्महरू बन्द गर्न थालेका छन्।
बिहीबार सरकारले जारी गरेको निर्देशनअनुसार शनिबारसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जरलगायत ठूला सामाजिक सञ्जालहरू धेरै स्थानमा चल्न बन्द भएका छन्। यस संगै आम सर्वसाधारणले सूचना पाउनबाट बन्चित भएका छन् | २१ औ सताब्बदीमा आएर पनि सरकारले सामाजिक संजाल बन्द गरी सूचनाको पहुचबाट बन्चित गर्नु समाज ढुंगे युग तर्फ गइरहेको भने बुझाई रहेको छ |
यता भने इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पान र सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीका अनुसार सरकारले दिएको निर्देशनअनुसार चरणबद्ध रूपमा प्लाटफर्महरू बन्द गरिँदैछ। उनले नयाँ–नयाँ आईपी एड्रेस पत्ता लगाउँदै धमाधम ब्लक भइरहेको र वेब संस्करणहरू प्रायः निष्क्रिय भइसकेको बताए।
मोबाइल एपहरू पनि क्रमशः बन्द हुँदै गइरहेका छन् भने प्राविधिक कारणले केही स्थानमा सेवा आंशिक रूपमा चलिरहेको पराजुलीले जानकारी दिए।
सरकारले दर्ता नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई नेपालमा कानुनी प्रक्रियामा ल्याउन दर्ता अनिवार्य गर्ने निर्णय गरेको छ। यसअघि पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटक–पटक प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्न आग्रह गर्दै आएको थियो। बन्दको प्रभाव नेपालभरी देखिएको छ| सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णयले जनमानसमा एक किसिमको आक्रोस पनि बढ्दै गइरहेको छ |