आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

116

१६ भदौ :  नेपाल ए क्रिकेट टोलीले आसामविरुद्धको पाँच खेलको टी-२० सिरिजमा ३-२ को रोमाञ्चक जित हात पारेको छ। सोमबार भारतको गुवाहाटीमा सम्पन्न अन्तिम खेलमा नेपाल एले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको बलियो योगफल बनायो। नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ६४ रनको योगदान दिए भने शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रन जोड्दै टोलीलाई ठुलो स्कोरसम्म पुर्‍याए।

२०९ रनको लक्ष्य पछ्याउने क्रममा आसामको टोली नेपाली बलरहरूको अनुशासित आक्रमण अगाडि टिक्न सकेन। आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो। आसामका भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए।

नेपाल एका बलरमध्ये पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २-२ विकेट हात पारे। त्यस्तै, आसामका बलर आयुष्मान मलाकार र अभिनव चौधरीले पनि समान २-२ विकेट लिएका थिए।

यस जितसँगै नेपाल ‘ए’ क्रिकेट टोलीले आसामविरुद्धको पाँच खेलको टी-२० सिरिज ३-२ ले आफ्नो पोल्टामा पार्दै भारत भ्रमणलाई सफल बनाएको छ।