आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्ज-३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

वीरगञ्ज-३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

157

वीरगंज, भदौ १४ —गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान मच्छरदानी वितरण गरेको छ।  मच्छरको अत्यधिक प्रकोपका कारण स्थानीयवासीहरू विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित हुँदै आएकाले संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो।

कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादवको विशेष उपस्थितिमा वितरण कार्य सम्पन्न गरिएको थियो। गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीर लगायतका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित थिए।

त्यस्तै, स्थानीयवासी उमर अन्सारी, अली हसन लगायत समुदायका सक्रिय सदस्यहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

सो अवसरमा वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै, गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलमले संस्थाले स्थानीय समस्याहरूको समाधानका लागि आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।