आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन सुविधा सुरु गर्यो

मेटाले नेपालमा फेसबुक कन्टेन्ट मोनिटाइजेसन सुविधा सुरु गर्यो

113

१७ भदौ २०८२ – नेपाली फेसबुक प्रयोगकर्ताका लागि ठूलो खुशीको खबर छ। मेटाले यसै सातादेखि नेपालका फेसबुक कन्टेन्ट क्रियटरहरूलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा उपलब्ध गराउन थालेको छ। यस सुविधासँगै अब नेपाली क्रियटरहरूले फेसबुकमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्ने भएका छन्।

यसअघि फेसबुकले इन-स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र स्टार्स सुविधामार्फत सीमित रुपमा आम्दानीको अवसर दिएको थियो। तर अब यी सबै सुविधाहरूलाई कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत समेटिएको छ। नयाँ व्यवस्थापछि क्रियटरहरूले पोस्ट, रिल्स, स्टाटस र स्टोरी जस्ता विभिन्न सामग्रीबाट आम्दानी गर्न सक्नेछन्।

केही प्रयोगकर्ताहरूले यस सुविधा सुरु भएलगत्तै आफ्नो आम्दानी नेपाली बैंक खातामै भुक्तानी हुन थालेको दाबी गरेका छन्। तर, सबैका लागि प्रक्रिया सहज भने छैन। केही क्रियटरहरूले पेआउट सेटअप गर्दा पेआउट डिसेबल हुने समस्या आएको गुनासो गरेका छन्।

यो सुविधा नेपाल सरकारले सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय पार्ने तयारी गरिरहेको समयमै आएको हो।