139
१४ भदौ, वीरगञ्ज — पर्साको वीरगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको स्काईलाईन ईन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ।
कम्पनीले आईपीओका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो। वीरगञ्जमा आयोजित कार्यक्रममा स्काईलाईन ईन्फ्राका अध्यक्ष प्रतीक अग्रवाल र हिमालय सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
स्काईलाईन ईन्फ्राले बिरगञ्जमा सरोवर पोर्टिको ब्राण्डमा चारतारे होटल सञ्चालन गर्दै आएको छ, जसमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो र क्यूएफएक्स सिनेमा जस्ता आधुनिक सुविधा उपलब्ध छन्।