आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपालमा फेसबुक, ट्विटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द

नेपालमा फेसबुक, ट्विटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द

97

१९ भदौ, काठमाडौं — नेपाल सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशः बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालभर दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन लागिएको जनाएको छ।

यस निर्णयले नेपालमा प्रयोग हुँदै आएका फेसबुक, ट्विटर (एक्स), युट्युब, इन्स्टाग्राम, टेलिग्राम, टिकटक लगायतका सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द हुने सम्भावना छ। मन्त्रालयका एक स्रोतका अनुसार, तीमध्ये धेरै प्लेटफर्मले अझैसम्म नेपालमा कानुनी दर्ता प्रक्रिया सुरु गरेका छैनन्।

मन्त्रालयका अनुसार, सूचीकरणका लागि दर्ता नगरेका प्लेटफर्महरूलाई नेपालभर नचल्नेगरी अवरुद्ध गर्ने तयारी गरिएको हो। तर, ती सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया पूरा गरेमा पुनः खोलिने निर्णय पनि साथसाथै गरिएको छ।