वीरगन्ज, २ साउनः सखुवा प्रसाौनी गाउँपालिका पर्साले पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा छात्राहरुलााई स्कूल ब्याग वितरण गरेको छ । वाड नम्बर ५ महुवनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालयको कक्षा ९ र १० मा अध्ययनरत २ सय जना छात्राहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले कक्षा ९ र १० का गरी २ सय जना छात्राहरुलाई स्कूल ब्याग बाँडेको विद्यालयका प्रधानाध्यापक रामजी रौनियारले बताएका छन । शिक्षामा बाालिका र किशोरीहरुलाई आकर्षित गर्न तथा उनिहरुलाई प्रोत्साहित गर्ने उदेश्यले गाउँपालिकाले छात्राहरुलाई ब्याग वितरण गर्ने कार्य गरएको गाउँपालिका अध्यक्ष यादवले बताए । पालिकामा रहेका पाँच वटै माध्यमिक विद्याालयका छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम पालिकाको योजनामाा रहेको भन्दै उनले अब बाँकी रहेका सिरही सथवल, पञ्चगावा , देउरवाना अनि कौवाबन कटैयामा रहेका विद्यालयका कक्षा ९ र १० का छात्राहरुलाई पनि स्कूल ब्याग वितरण गरिने गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताए ।
उत्सव खबर
मन्त्री अधिकारीमाथि ३२ लाख घुस प्रकरणमा अडियो सार्वजनिक, बिचौलियासँग भेटको पुष्टि
काठमाडौं, साउन २ — पोखराको १३५ रोपनी जग्गा विवाद मिलाउन ३२ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी विवादमा तानिएका छन्। अडियोमा नाम आएका बिचौलिया सुजन लामासँग मन्त्रीले भेट भएको पुष्टि गरेका छन्। अनुसन्धानले सार्वजनिक गरेको अडियो अनुसार, मन्त्री अधिकारीले मालपोतको कर्मचारी मिलाउन ३२ लाख लिएको आरोप छ। मन्त्री अधिकारीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा घुस नलिएको र अडियो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको दाबी गरे। तर, कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीको सरुवा भएपछि सुजन लामा केही व्यक्तिसहित आफूलाई भेट्न आएको स्वीकार गरेका छन्। भूमि आयोग कास्की अध्यक्षमा खेमबहादुर पुनको नियुक्ति विषयमा भने छलफल नभएको मन्त्रीको दाबी छ। यसअघि सार्वजनिक अडियोमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, सांसद रञ्जिता श्रेष्ठ, सचिव अर्जुन पोखरेल र मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत समेटिएको छ। अडियोमा मनोजले बाबुका लागि न्युजिल्यान्डबाट पैसा उठाउने र पोखरामा पैसा लिएको दाबी गरिएको छ। यस प्रकरणपछि गुप्ताले मन्त्री पदबाट राजीनामा गरिसकेका छन्।
उनले घूस प्रकरणमा मन्त्रालय र छोरालाई जोडेकोमा आपत्ति जनाउँदै त्यसमा आफ्नो कुनै सरोकार नभएको दाबी समेत गरेका थिए। अडियोमा न्युजिल्यान्डमा बस्ने मन्त्री अधिकारीका छोरा मनोज नेपाल बाबुको लागि पैसा उठाउने काम गर्ने गरेको र उनी पोखरा गएर पैसा लिएर रामचन्द्रको सरुवा गराएको दाबी गरिएको छ। सचिवले पाँच लाख घुस खाएको दाबी गरिएको छ भने अधिकारीले ३२ लाख र मन्त्री गुप्ताले ३५ लाख खाएको दाबी गरिएको छ। यस प्रकरणमा थप अनुसन्धान भइरहेको छ।
वीरगंज महानगरपालिकाले वीरगञ्जमा खानेपानीको नयाँ धारा जडान गर्दा लाग्ने धरौटी बापतको शुल्क महानगरले तिर्ने
१ श्रावन , उत्सव खबर वीरगंज
वीरगन्जमा विगत एक महिना यतादेखि खानेपानीको संकट चुलिएपछि महानगरपालिकाले नेपाल खानेपानी संस्थानको धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको छ । बिहीबार वीरगन्ज महानगरपालिकाले खानेपानी संस्थानसंग खानेपानी सेवा विस्तार सम्बन्धि समझौतापत्रमा हस्ताक्षर गरेर संस्थानको पाइपलाइन विस्तार भएका महानगरका वडाहरुमा नयाँ धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको हो ।
वीरगन्जमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उदेश्यले खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको अग्रसरतामा संस्थान र महानगरबीच भएको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारीपत्रमा संस्थानको तर्फबाट संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल र वीरगन्ज महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले हस्ताक्षर गरेका छन् अब खानेपानी संस्थानको नयाँँ धारा जडानमा लाग्ने शुल्क महानगरपालिकाले व्यहोर्ने मेयर सिंहले बताए । बिहीबार भएको सम्झौताले वीरगन्ज महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरिएको उनले बताए ।
संस्थान र महानगरबीच भएको सम्झौताको म्ख्य उदेश्यहरुमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीको समस्याको दीर्घकालीन समाधान खोज्नु, नगरवासीका घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, खानेपानीको नयाँ धारा निशुल्क जडान गरि अझ सरल, छिटो र पारदर्शी बनाउनु र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउने जस्ता विषय समावेश रहेका छन् ।
विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका महानगरवासीलाई प्रत्यक्ष लाभ पुर्याउने तथा स्वच्छ खानेपानीको सुनिश्चितताले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वासपनि गरिएको खानेपानी मन्त्री यादवले बताए । समझदारी पत्रमा उल्लेख भएका सेवा सुविधाले आर्थिक रूपमा कमजोर रहेका परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुने भन्दै यादवलले संस्थानले वीरगन्ज शाखामा आवश्यक जनशक्ति थप गरेर सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
मन्त्री यादवले भने खानेपानीको चरम अभाव दिनप्रतीदिन बढ्दै गएको अवस्था छ । यसले यहाँको जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ । त्यसैले अरु व्यवस्थापन संगै दीर्घकालिन रुपमा पनि समाधानको प्रयास तथा विकल्प स्वरुप आज महत्वपुर्ण समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । खानेपानी मन्त्रालयले उक्त समझदारी पत्रको सफल कार्यान्वयनका लागि एक सहजकर्ताको भूमिका निर्वाह गर्ने र त्यसले दुई पक्षबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन मद्दत पुर्याउने मन्त्री यादवले बताए ।
संस्थान र महानगरबीच बिहीबार भएको सम्झौताको कार्यान्वयको अवधि २०८२ साउन १ देखि २०८२ पुस मसान्तसम्म रहेको मेयर सिंहले जानकारी दिए । त्यसपछि आवश्यक परेको खण्डमा दुवै निकायबीचको समझदारीमा सम्झौता अवधि थप पनि गर्नसकिने उनले बताए । समझदारी पत्रमा संस्थानको नयाँ धारा जडानका लागि आवश्यक धरौटी रकम वीरगन्ज महानगरपालिकाले संस्थानमा जम्मा गर्ने ,रकम जम्मा भएपछि संस्थानले धारा जडान गर्ने , संस्थानले नयाँँ पाइपलाइन विस्तार गर्ने, हालको पाइपलाइनको मर्मत सम्भार गर्ने , नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने , कुनै गुनासो आएमा तत्काल समाधानका लागि आवश्यक कारबाही गर्ने उल्लेख छ । सम्झौताको कार्यान्वयनमा आउन सक्ने सम्भावित अवरोधलाई सहजै समाधान गर्ने उद्देश्यले कुनैपनि प्रकारको विवाद उत्पन्न भएमा दुवै पक्षबीच आपसी छलफल र वार्तालापबाट समाधान गर्ने प्रावधान पनि समभदारी पत्रमा उल्लेख गरिएको छ ।
लामो समयदेखी निरन्तर परेको खडेरी, जलवायु परिवर्तन र तापक्रम बृद्धिका कारण वीरगन्जको भूमिगत जल सतह घट्न गई चापाकलहरुको पानी सुक्दा खानेपानीको संकट चुलिएको अवस्थामा महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थान र महानगरबीच उक्त सम्झौता गरिएको उप मेयर इम्तियाज आलमले बताए ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय कर्णले खानेपानी समस्या समाधानका लागि बिहीबार भएको समझदारी वीरगन्जका बासिन्दाहरूको खानेपानीको अधिकार सुनिश्चित गर्ने दिशामा एउटा महत्वपूर्ण कदम भएको बताए। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, खानेपानि संस्थानका अध्यक्ष ढुण्डीराज भट्टराई, खानेपानि संस्थानका सञ्चालक सदस्य मुकेश द्विवेदी, सलमा खातुन, मधुमाया यादव, खानेपानी संस्थान वीरगन्ज शाखा प्रमुख प्रविण साह, वीरगन्ज महानगरपालिका प्राविधिक सल्लाहकार प्रकाशमान सिंह अमात्य, आयोजना प्रमुख अवधेश प्रसाद कुशवाहा, वन वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राकेश साह लगायतकाको सहभागीता रहेको उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो
वीरगञ्ज भन्सार कार्यालयमा सुक्खा बन्दरगाह भन्सार औपचारिक रूपमा गाभिया, एकीकृत सेवा सुरु
वीरगञ्ज, साउन १ — वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई औपचारिक रूपमा वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। संघीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुवै भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु गरिएको हो। यसअघि एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टाछुट्टै रूपमा सञ्चालनमा थिए। आईसीपीमार्फत सडक यातायातद्वारा वस्तु आयात–निर्यात हुँदै आएको थियो भने सुक्खा बन्दरगाहले रेलमार्ग प्रयोग गरी सामानको आयात–निर्यातको काम गर्दै आएको थियो। भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, मन्त्रिपरिषद्को २०७६ पुसको निर्णय कार्यान्वयन गर्दै यो एकीकरण गरिएको हो। “एउटै नाकामा तीन वटा भन्सार सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित सरकारले सुक्खा बन्दरगाहलाई वीरगञ्ज भन्सार मातहत ल्याउने निर्णय गरेको हो,” लामिछानेले जानकारी दिए। साथै, मितेरी पुल–रक्सौल नाका यात्रु शाखामा सीमित गरिने सरकारको नीति रहेको उनले बताए। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार भन्सार विभागको पत्राचारअनुसार साउन १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार खारेज गरिएको र आईसीपीमार्फत एकीकृत सेवा सुरु गरिएको हो। “विदेशीसँगको व्यापार थप सहज बनाउन दुवै भन्सार गाभिएको हो,” उनले भने।
गत आर्थिक वर्ष २०८१र८२ मा सुक्खा बन्दरगाह भन्सार कार्यालयले ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सार एकीकरणपछि व्यापार सहजीकरणका लागि सहसचिवको नेतृत्वमा ३ जना उपसचिव खटाइने भएका छन्। वीरगञ्ज भन्सारमा सहसचिव स्तरको दरबन्दी तोकिएको सात वर्षपछि मात्र यो निर्णय कार्यान्वयनमा आएको हो। यद्यपि, आईसीपी र सुक्खा बन्दरगाहबीचको ६२ बिगाहा क्षेत्रफलको जग्गा अधिग्रहणको प्रक्रिया भने अझै अन्योलमै छ। स्ववासी जग्गा तथा संरचनाको मूल्याङ्कन नमिल्दा मुआब्जा विवाद समाधान हुन सकेको छैन, र यो प्रक्रिया करिब ८ वर्षदेखि अलमलमा परेको छ। सरकार र सरोकारवालाहरूले यो एकीकरणले वैदेशिक व्यापारलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।
असार ३२ , काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलबाट राजस्व छलीका २ करोड बढीको विद्युतीय उपकरणसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२, पुराना सिनामंगलस्थित पञ्चमुखी चोकबाट रु. २ करोड १९ लाख ७६ हजार मूल्य बराबरको विद्युतीय सामग्रीसहित पक्राउ परेका हुन । ३८ वर्षीय चिनियाँ नागरिक यु वाङले पञ्चमुखी चोकस्थित पाँच तले घर भाडामा लिएर अनुमतिविना विद्युतीय उपकरण बिक्री वितरण गरी राजस्व छली गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वाङले विना बिलबिजकको ल्यापटपका पार्टपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा, घडी लगायतका विद्युतीय उपकरण बिक्री गर्ने गरेको प्रहरीले जनाएको हो । वाङले उक्त विद्युतीय उपकरणहरूको कच्चा पदार्थ नेपाल भित्र्याएर उत्पादन तथा प्रशोधन गर्ने गरेको सूचनाको आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
३२ असार, काठमाडौं । विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल(अदाहका अवसरमा यूएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो । युएईस्थित नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी दिएको छ। दूतावासले विज्ञप्ति जारी गरेर युएई सरकारलाई धन्यवाद दिएको छ। वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर कैद सजाय भोग्नुपरेको छ।

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ
असार ३२ कलैंया बारा। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चोरी गर्ने, खरीद विक्री गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बाराबाट तीन जनालाई रौतहट प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए। पक्राउ परेकाहरूमा बाराको निजगढ नगरपालिका–७ योजना टोल निवासी २५ वर्षीय चमन मगर, रौतहट गुजरा नगरपालिका–२ निवासी २३ वर्षीय रोशन मगर र रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी टोलका ३० वर्षीय राम प्रवेश महरा रहेको बारा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कारवाही भइरहेको छ ।
३२ असार, उत्सव खबर । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले साहलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ । अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको जनाएको छ ।
खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त अभियानमास् मुख्यमन्त्री सिहं र मन्त्री यादवबीच छलफल
असार ३१ जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री शतिश सिहंले आज संघीय सरकारका माननीय खानेपानी मन्त्री प्रदीप यादवसँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। उक्त छलफलमा मधेश प्रदेशमा दीर्घकालदेखि रहँदै आएको खानेपानी समस्याको समाधानका लागि संघीय तथा प्रदेश सरकार संयुक्त रूपमा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। मुख्यमन्त्री सिहंले जानकारी गराएअनुसार, खानेपानी संकट अन्त्य गर्न संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्दै ठोस र प्रभावकारी कार्यक्रमहरु अघि बढाइनेछ। “हामी खानेपानी समस्या समाधानका लागि अभियानकै रूपमा अघि बढ्नेछौं। संघीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरी सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयन गर्नेछौं,” मुख्यमन्त्री सिहंले बताए। छलफलमा दुबै पक्षबीच सहकार्य, अनुगमन र पूर्वाधार निर्माणमा एकीकृत पहलको आवश्यकता औंल्याइएको थियो। संघीय र प्रदेश सरकारबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै, खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्ने दिशामा कार्य अघि बढाउने निर्णय पनि गरिएको छ। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा लामो समयदेखि देखिएको खानेपानी अभावले जनजीवन प्रभावित भएको छ
३१ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको आरोपपछि राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’
राजकुमार गुप्ताले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्। अडियो सार्वजनिक भएपछि बढ्दो दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। अडियोमा मन्त्री गुप्ता भूमि आयोगको अध्यक्ष नियुक्ति र मालपोत कार्यालयमा सहयोगु मागेको भन्दै आलोचना भइरहेको छ। उनी २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए र ठीक एक वर्षपछि राजीनामा दिएका हुन्। गुप्ता नेकपा एमालेबाट पर्सा(३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। विपक्षी दलले उनको राजीनामा मात्र होइन, कानुनी कारबाहीको माग समेत गरेका छन्।