आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २ करोड बढी राजस्व छलीका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

२ करोड बढी राजस्व छलीका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

144

असार ३२ , काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलबाट राजस्व छलीका २ करोड बढीको विद्युतीय उपकरणसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका ३२, पुराना सिनामंगलस्थित पञ्चमुखी चोकबाट रु. २ करोड १९ लाख ७६ हजार मूल्य बराबरको विद्युतीय सामग्रीसहित पक्राउ परेका हुन । ३८ वर्षीय चिनियाँ नागरिक यु वाङले पञ्चमुखी चोकस्थित पाँच तले घर भाडामा लिएर अनुमतिविना विद्युतीय उपकरण बिक्री वितरण गरी राजस्व छली गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वाङले विना बिलबिजकको ल्यापटपका पार्टपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा, घडी लगायतका विद्युतीय उपकरण बिक्री गर्ने गरेको प्रहरीले जनाएको हो । वाङले उक्त विद्युतीय उपकरणहरूको कच्चा पदार्थ नेपाल भित्र्याएर उत्पादन तथा प्रशोधन गर्ने गरेको सूचनाको आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।