आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सखुवा प्रसौनी गाउँपालिका पर्साका अध्यक्ष यशवन्त यादवले महुवन मा .वि. का २०० छात्राहरुलाई बाँडे स्कूल ब्याग

सखुवा प्रसौनी गाउँपालिका पर्साका अध्यक्ष यशवन्त यादवले महुवन मा .वि. का २०० छात्राहरुलाई बाँडे स्कूल ब्याग

150

वीरगन्ज, २ साउनः सखुवा प्रसाौनी गाउँपालिका पर्साले पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा छात्राहरुलााई स्कूल ब्याग वितरण गरेको छ । वाड नम्बर ५ महुवनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालयको कक्षा ९ र १० मा अध्ययनरत २ सय जना छात्राहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले कक्षा ९ र १० का गरी २ सय जना छात्राहरुलाई स्कूल ब्याग बाँडेको विद्यालयका प्रधानाध्यापक रामजी रौनियारले बताएका छन । शिक्षामा बाालिका र किशोरीहरुलाई आकर्षित गर्न तथा उनिहरुलाई प्रोत्साहित गर्ने उदेश्यले गाउँपालिकाले छात्राहरुलाई ब्याग वितरण गर्ने कार्य गरएको गाउँपालिका अध्यक्ष यादवले बताए । पालिकामा रहेका पाँच वटै माध्यमिक विद्याालयका छात्राहरुलाई स्कूल ब्याग वितरण गर्ने कार्यक्रम पालिकाको योजनामाा रहेको भन्दै उनले अब बाँकी रहेका सिरही सथवल, पञ्चगावा , देउरवाना अनि कौवाबन कटैयामा रहेका विद्यालयका कक्षा ९ र १० का छात्राहरुलाई पनि स्कूल ब्याग वितरण गरिने गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताए ।