१९ साउन, काठमाडौं : कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ
उत्सव खबर
भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा–राप्रपाका सांसद पुनः संसद्बाट बाहिरिए
१९ साउन, काठमाडौं – भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पुनः संसद् बैठकमा आफ्ना धारणा राखेर बैठक बहिष्कार गर्दै बाहिरिएका छन्।
गत जेठ १३ गतेदेखि निरन्तर रुपमा संसद्मा विरोध जनाउँदै आएका सांसदहरूले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समितिको गठन गर्न सरकारसँग माग गर्दै आएका छन्।
आजको बैठकमा रास्वपाका सांसद असिम साहले भिजिट भिसा प्रकरणमा उठेका प्रश्नहरू उठाउँदै भने, “भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो ?” उनले थपे, “भ्रष्टाचारको अडियो सार्वजनिक भएको छ, घुस मागेको प्रमाणसमेत बाहिरिएको छ। एक जना मन्त्रीले राजीनामा दिएपछि त्यो घटनामा संलग्न अरूको जाँच नहुने हो ? राजीनामाले सबै पखालिन्छ त ?”
सांसद साहले पूर्व मन्त्रीहरूप्रति इङ्गित गर्दै अदृश्य शक्तिहरूको संरक्षण रहेको आरोप पनि लगाए। “तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो, त्यसपछि छानबिनको फाइल बन्द भयो। तर त्यही अडियोमा नाम आएका अन्य मन्त्रीहरूलाई किन संरक्षण दिइरहेको छ ?” भन्ने प्रश्न गर्दै सरकारको भूमिकामाथि गम्भीर शंका व्यक्त गरे।
यता, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विषयलाई केवल भिजिट भिसासँग मात्र नजोड्न आग्रह गर्दै भने, “यो समस्या भिजिट भिसाको मात्र होइन, नियतको हो। इमिग्रेशन प्रणाली पनि जोडिएको छ।”
प्रधानले व्यवस्थाविरोधी र संविधान विरोधी भन्ने आरोप कार्यकारी प्रमुखबाट आउनु दुर्भाग्यपूर्ण भएको बताए। “जब ३० लाख जनताको प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाउँछन्, तब व्यवस्थाविरोधी भनिन्छ, जुन अत्यन्तै खेदजनक हो,” उनले भने।
उनले आफूहरू समस्या होइन, समाधान खोजिरहेको भन्दै संसदीय छानबिन समितिको मागलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरे।
रास्वपा र राप्रपाका सांसदहरूले संसद् बैठक बहिष्कार गर्दै चेतावनीसमेत दिएका छन् कि छानबिन समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम जारी रहनेछ।
१८ श्रावन, उत्सव खबर: ट्विटर (हालको एक्स) का सहसंस्थापक ज्याक डोर्सीले Bitchat Mesh नामक नयाँ मेसेजिङ एप सार्वजनिक गरेका छन्, जुन ब्लुटूथमा आधारित छ र इन्टरनेट, फोन नम्बर वा इमेलको आवश्यकता पर्दैन।
हाल आइफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो एपले Bluetooth Mesh नेटवर्क प्रयोग गरी करिब १०० मिटर दूरीसम्मका प्रयोगकर्ताबीच सिधा सन्देश आदानप्रदान गर्न सक्षम बनाउँछ। प्रयोगकर्ताहरु बीचमा अन्य युजरमार्फत मेसेज ‘रिले’ हुने भएकाले ब्लुटूथको दायराभन्दा टाढा रहेका व्यक्तिसँग पनि संवाद सम्भव हुन्छ।
एपको इन्टरफेस इन्टरनेट रिले च्याट (IRC) जस्तै सरल छ। यसमा मेन्सन, फेभरिट वा ब्लक गर्ने सुविधा समेत दिइएको छ।
यद्यपि, वान-टु-वान च्याटका लागि कुनै पनि बाह्य सुरक्षा अडिट नभएकोले संवेदनशील जानकारी नशेयर गर्न वेबसाइटमार्फत सावधानी अपनाउन सुझाइएको छ।
१८ श्रावन। नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
साउन १७, बौनिया
कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहारबाट मृत्यु भएको छ। शनिबार बिहान करिब १० बजे सोही सेन्टरमा कार्यरत ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्।
चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, घटना किन र कसरी भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार आन्तरिक विवाद वा व्यक्तिगत कारण हुन सक्ने आशंका गरिएको छ, यद्यपि उद्देश्य अझै खुल्न बाँकी छ।
बारा, १७ साउन
बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ मा १३ वर्षीय बालक सन्दीप मुखियाको उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर मृत्यु भएपछि स्थानीय स्तरमा आक्रोश चुलिएको छ। शुक्रबार सिर्सिया कुलो (बर्खि बाँध) मा डुबेका बालकको शव विषाक्त पानीमा भेटिएपछि, शल्य परीक्षणले मृत्युको कारण प्रदूषित रसायनयुक्त पानी भएको पुष्टि गरेको छ।
शनिबार बिहानदेखि आक्रोशित परिवार र स्थानीय बासिन्दाले गणपति घ्यू, नन्दन घ्यू र आसपासका उद्योगहरूको अगाडि बालकको शव तेस्र्याएर प्रदर्शन गरेका छन्। मृतकका आमाले आँखा रसाउँदै भनिन्, “मेरो छोरा निर्दोष थियो, तर उद्योगको लापरवाहीले उसको ज्यान गयो।”
स्थानीयवासीका अनुसार, गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिल लगायतका उद्योगहरूले प्रशोधन नगरी विषाक्त पानी सिधै खोलामा छोड्दै आएका छन्। ती रसायनयुक्त पानी बग्ने कुलो आसपासको क्षेत्र लामो समयदेखि दुर्गन्धित र अस्वस्थ वातावरणमा परिणत भएको छ।
लापरवाहीले बालकको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाही गर्न माग गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाबाट आक्रोशित परिवार र स्थानीयले उद्योग अगाडि प्रदर्शन गरिरहेको बताए। डीएसपी जोशीले पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिए।
दुखः को कुरा छ यहाँ, मृत बालकको शव तेस्र्याएर पीडित पक्ष उद्योग अगाडि बसिरहनुभएको छ’ डीएसपी जोशीले भने ‘हामीले सबै पक्षलाई एकै ठाउँमा राखेर छलफलको वातावरण बनाएका छौं। अहिले छलफल चलिरहेको छ।
काठमाडौं, साउन १७ – सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा उल्लेख भएका नाम, थर, उमेर जस्ता विवरणहरू एक पटकका लागि सच्याउन सकिने व्यवस्था लागू गरेको छ।
‘केही नेपाल ऐन संशोधन’ मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा गरिएको संशोधनपछि अब यो सुविधा सबै नागरिकका लागि उपलब्ध भएको हो। यसअघि यस्तो सुविधा केवल ऐन लागू भएपछि जन्मिएका बालबालिकाहरूको हकमा मात्र सीमित थियो र त्यो पनि दर्ता भएको एक वर्षभित्र मात्र सम्भव थियो।
नयाँ व्यवस्थाअनुसार, जो–कोहीले आफ्नो विवरणमा त्रुटि भएको पाइएमा एक पटकका लागि सम्बन्धित वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर विवरण सच्याउन सक्नेछन्।
संशोधित दफा २५ अनुसार, विवरण सच्याएपछि स्थानीय पञ्जिकाधिकारीले सो जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पठाउनेछन्। विभागले सोही जानकारीको आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्र नम्बरमा विवरण अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।
गृहमन्त्री लेखकद्वारा लागु औषध नियन्त्रण ब्यूरोको अनुगमन, समाजलाई लागुऔषधमुक्त बनाउन निर्देशन
गृहमन्त्री लेखकद्वारा लागुऔषध नियन्त्रण ब्यूरोको अनुगमन, समाजलाई लागुऔषधमुक्त बनाउन निर्देशन
काठमाडौं, श्रावण १७ – गृहमन्त्री रमेश लेखकले आज लागुऔषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरीक्षण गर्नुका साथै समाजलाई लागुऔषधमुक्त बनाउनका लागि सशक्त निर्देशन दिनुभएको छ।
अनुगमनको क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुबेर खापुङ पनि सहभागी रहेका थिए।
गृहमन्त्री लेखकले ब्यूरोअन्तर्गतका विभिन्न शाखाहरूको अवलोकन तथा समिक्षा गर्दै ब्यूरोले अहिलेसम्म पुर्याएको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले ब्यूरोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई समर्पणसाथ लागुऔषध नियन्त्रणमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भनुभयो, “लागुऔषधको प्रभावले समाजमा गम्भीर असर पारिरहेको अवस्थामा, सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै लागुऔषधको जालो तोड्न आवश्यक छ। यो अभियानमा सबै निकाय थप प्रभावकारी रूपमा लाग्नुपर्छ।”
गृहमन्त्री लेखकको निर्देशनले लागुऔषध विरुद्धको अभियानलाई थप सुदृढ बनाउने विश्वास ब्यक्त गरिएको छ।
गाँजासहित व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
पर्सा, श्रावण १७ गते – पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोला चोकमा लागुऔषध गाँजासहित एक व्यक्ति र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलुवाबाट देवरवाना तर्फ जाँदै गरेको BR05AG6805 नम्बरको मोटरसाइकल तथा त्यसका चालकलाई शंका लागेर रोकेर जाँच गर्दा ८.४४० किलोग्राम लागुऔषध गाँजा फेला पारेको हो।
पक्राउ परेका व्यक्ति पर्सा गढी नगरपालिका–९, एकटाङ्गा निवासी ३४ वर्षीय जग मोहन यादव रहेका छन्। उनी बोतु राउत अहिरका छोरा हुन्। गाँजा मोटरसाइकलको सिटमुनी र यादवकै शरीरमा बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा, मोटरसाइकल र यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।