आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News व्यक्तिगत घटना दर्ताका विवरण एक पटकका लागि सच्याउन सकिने

व्यक्तिगत घटना दर्ताका विवरण एक पटकका लागि सच्याउन सकिने

67

काठमाडौं, साउन १७ – सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा उल्लेख भएका नाम, थर, उमेर जस्ता विवरणहरू एक पटकका लागि सच्याउन सकिने व्यवस्था लागू गरेको छ।

‘केही नेपाल ऐन संशोधन’ मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा गरिएको संशोधनपछि अब यो सुविधा सबै नागरिकका लागि उपलब्ध भएको हो। यसअघि यस्तो सुविधा केवल ऐन लागू भएपछि जन्मिएका बालबालिकाहरूको हकमा मात्र सीमित थियो र त्यो पनि दर्ता भएको एक वर्षभित्र मात्र सम्भव थियो।

नयाँ व्यवस्थाअनुसार, जो–कोहीले आफ्नो विवरणमा त्रुटि भएको पाइएमा एक पटकका लागि सम्बन्धित वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिएर विवरण सच्याउन सक्नेछन्।

संशोधित दफा २५ अनुसार, विवरण सच्याएपछि स्थानीय पञ्जिकाधिकारीले सो जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पठाउनेछन्। विभागले सोही जानकारीको आधारमा सम्बन्धित व्यक्तिको राष्ट्रिय परिचयपत्र नम्बरमा विवरण अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।