आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ट्वीटर संस्थापकले ल्याए नयाँ एप, इन्टरनेटबिना नै च्याट गर्न सकिने

ट्वीटर संस्थापकले ल्याए नयाँ एप, इन्टरनेटबिना नै च्याट गर्न सकिने

122

१८ श्रावन, उत्सव खबर:  ट्विटर (हालको एक्स) का सहसंस्थापक ज्याक डोर्सीले Bitchat Mesh नामक नयाँ मेसेजिङ एप सार्वजनिक गरेका छन्, जुन ब्लुटूथमा आधारित छ र इन्टरनेट, फोन नम्बर वा इमेलको आवश्यकता पर्दैन।

हाल आइफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो एपले Bluetooth Mesh नेटवर्क प्रयोग गरी करिब १०० मिटर दूरीसम्मका प्रयोगकर्ताबीच सिधा सन्देश आदानप्रदान गर्न सक्षम बनाउँछ। प्रयोगकर्ताहरु बीचमा अन्य युजरमार्फत मेसेज ‘रिले’ हुने भएकाले ब्लुटूथको दायराभन्दा टाढा रहेका व्यक्तिसँग पनि संवाद सम्भव हुन्छ।

एपको इन्टरफेस इन्टरनेट रिले च्याट (IRC) जस्तै सरल छ। यसमा मेन्सन, फेभरिट वा ब्लक गर्ने सुविधा समेत दिइएको छ।

यद्यपि, वान-टु-वान च्याटका लागि कुनै पनि बाह्य सुरक्षा अडिट नभएकोले संवेदनशील जानकारी नशेयर गर्न वेबसाइटमार्फत सावधानी अपनाउन सुझाइएको छ।