आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कैलालीमा चक्कु प्रहारबाट १७ वर्षीया युवतीको मृत्यु, एक जना पक्राउ

कैलालीमा चक्कु प्रहारबाट १७ वर्षीया युवतीको मृत्यु, एक जना पक्राउ

121

साउन १७, बौनिया

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको चक्कु प्रहारबाट मृत्यु भएको छ। शनिबार बिहान करिब १० बजे सोही सेन्टरमा कार्यरत ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्।

चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, घटना किन र कसरी भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार आन्तरिक विवाद वा व्यक्तिगत कारण हुन सक्ने आशंका गरिएको छ, यद्यपि उद्देश्य अझै खुल्न बाँकी छ।