आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, सहमति हुन सकेन

अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, सहमति हुन सकेन

53

तेहरान, २९ चैत — अमेरिका र इरानबीच २१ घण्टा लामो शान्ति वार्ता कुनै ठोस सहमति बिना टुङ्गिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले अमेरिकाका ‘रेड लाइन’ स्वीकार नगरेपछि वार्ता निष्कर्षविहीन भएको बताएका छन्।

भान्सका अनुसार अमेरिकाले ‘अन्तिम प्रस्ताव’ अघि सारे पनि इरान सहमत हुन तयार भएन। इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्नु नै अमेरिकी पक्षको मुख्य अडान रहेको उनले दोहोर्‍याए।

वार्तामा जारेड कुश्नर र विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए। अमेरिका पक्षले पाकिस्तानको मध्यस्थताको प्रशंसा गरेको छ।

यता, इरानले अमेरिकामाथि अत्यधिक र गैरकानुनी माग राखेको आरोप लगाउँदै आफ्नो वैध अधिकारमा अडिग रहेको जनाएको छ। दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा मध्यपूर्वमा तनाव घटाउने प्रयास असफल भएको छ।