आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News न्यूयोर्क विमान दुर्घटना, दुईको मृत

न्यूयोर्क विमान दुर्घटना, दुईको मृत

99

काठमाडौँ, ९ चैत २०८२ –  अमेरिकाको न्यूयोर्कस्थित लागार्डिया विमानस्थलमा आइतबार राति भएको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट ७६ जना सवार एयर क्यानडा एक्सप्रेसको ‘ज्याज ६४६’ उडान अवतरणका क्रममा धावनमार्गमा रहेको दमकल ट्रक १ सँग ठोक्किँदा यो दुर्घटना भएको हो।

राति करिब ११:४० बजे भएको घटनामा विमानको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने हवाई ट्राफिक नियन्त्रणमा अडियोमा नियन्त्रकले “रोक्नुहोस्, ट्रक १ रोक्नुहोस्” भन्दै चेतावनी दिएको केही सेकेन्डमै ठक्कर भएको सुनिन्छ।

विमानमा रहेका बाँकी यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्किएका थिए , तर दमकलमा रहेका दुई पोर्ट अथोरिटीका अधिकारीहरू गम्भीर घाइते भएका छन् र केही यात्रु सामान्य घाइते भएका छन्।

संघीय उड्डयन प्रशासनले घटनालगत्तै लागार्डिया विमानस्थल पूर्ण रूपमा बन्द गराएको छ। विमानस्थल बन्द गर्दै सोमबार दिउँसोसम्मका सबै उडानहरू रद्द गरेको छ भने अन्य उडानहरू डाइभर्ट गरिएको छ। खराब मौसम र कम भिजिबिलिटीका बीच दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ र हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।