आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भारतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन

भारतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन

94

मुम्बई, २९ चैत – भारतकी चर्चित गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको छ। उनलाई हृदयसम्बन्धी समस्या देखिएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा अन्तिम सास फेरेकी हुन्। उनकी नातिनी जनाई भोसलेले सुरुवातमा थकान र छाती दुखाइ मात्र भएको बताएकी थिइन्।

१२,००० भन्दा बढी गीत गाएकी आशाका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि लोकप्रिय छन्।

आशा भोसले महान गायक दीनानाथ मंगेशकरकी छोरी तथा लाता मनगेश्कर की कान्छी बहिनी हुन्। सानै उमेरदेखि संघर्षपूर्ण जीवन बिताएकी उनले परिवार धान्न संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन्।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा एक युगको अन्त्य भएको मानिएको छ।