काठमाडौँ, २० चैत – अहिले पाकिस्तानमा डिजेल र पेट्रोल सबैभन्दा महँगो भएको छ। पाकिस्तान सरकारले पेट्रोलको मूल्य ४ सय ३५ र हाई–स्पीड डिजेलको मूल्य ५ सय ५५ ले बढाएको छ।
जसअनुसार प्रति लिटर पेट्रोल ४ सय ५८ रुपैयाँ (पाकिस्तानी रुपैयाँ) र डिजेल प्रति लिटर ५ सय २० रुपैयाँ पुगेको छ।
हाल अमेरिका र इरानबीच जारी युद्धका कारण विश्वव्यापी कच्चा तेलको मूल्यमा भएको वृद्धिपछि यो निर्णय गरिएको जनाईएको हो। पेट्रोल डिजेलको नयाँ मूल्यहरू बिहीबार मध्यरातबाट लागू भएका छन्। यसअघि कायम भएको पेट्रोलको मूल्यभन्दा अहिले १३७.२३ रुपैयाँले बढेको हो भने डिजेल १८४.४९ रुपैयाँले बढेको हो।
यस्तै, मट्टितेलको मूल्य पनि ३४.०८ रुपैयाँले बढेर ४५७.८० रुपैयाँ प्रति लिटर पुगेको छ। गत महिना पेट्रोल र डिजेलको मूल्य ५५ रुपैयाँले बढेको थियो। त्यतिबेला पेट्रोलको मूल्य ३२१.१७ रुपैयाँ र डिजेलको मूल्य ३३५.८६ रुपैयाँ थियो।
नेपाली मुद्राभन्दा पाकिस्तानको मुद्रा दर कम हुन्छ | पाकिस्तानको १०० रुपैँया बराबर नेपालको ५४.३२ रुपैँया हुन्छ।