आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News होर्मुज जलसन्धिमा तनाव बढ्यो, ट्रम्पद्वारा जहाज जाँच र नाकाबन्दी गर्ने चेतावनी

होर्मुज जलसन्धिमा तनाव बढ्यो, ट्रम्पद्वारा जहाज जाँच र नाकाबन्दी गर्ने चेतावनी

69

काठमाडौँ, ३० चैत – डोनाल्ड ट्रंप ले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरू रोक्ने र जाँच गर्ने भनेका छन्। विशेषगरी इरानलाई शुल्क तिर्ने जहाजमाथि कडा निगरानी राखिने उनले बताएका छन्।

यसैबीच, इरान का अधिकारीहरूले जलसन्धि आफ्नो ‘रेड लाइन’ भएको दाबी गर्दै जहाजहरूले रियालमा टोल तिर्नुपर्ने बताएका छन्। दुई देश अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टे वार्ता निष्कर्षविहीन बनेपछि तनाव झनै बढेको हो।

इरानी नेताहरूले अमेरिकालाई कडा चेतावनी दिँदै नाकाबन्दीले पेट्रोल मूल्य तीव्र बढ्ने बताएका छन्। उता, अमेरिकी कदमपछि कच्चा तेलको मूल्यमा उछाल आएको छ—अमेरिकी क्रुड ८ प्रतिशत बढेर १०४ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रुड ७ प्रतिशत बढेर १०२ डलर पुगेको छ।