आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सरकारी निकायलाई अत्यावश्यक बाहेक नया सामग्री खरिद नगर्न निर्देशन

सरकारी निकायलाई अत्यावश्यक बाहेक नया सामग्री खरिद नगर्न निर्देशन

28

काठमाडौं, जेठ १ गते — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ । सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन भन्दै कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा सम्बन्धित निकायहरूलाई परिपत्र जारी गरेको हो ।

परिपत्रमा कार्यालय प्रमुखहरूलाई कार्यालयमा रहेका फर्निचर, उपकरण, सवारी साधन तथा अन्य सामग्रीहरू मर्मत गरी चालु अवस्थामा प्रयोग गर्न तथा अनावश्यक नयाँ खरिद नगर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगमा रहेका कुर्सी, सोफा, दराज, कार्पेट, पर्दा, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतमा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिका कारण राज्यकोषमा अनावश्यक भार परेको गुनासो आएको थियो ।

सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाका शाखा अधिकृत सूर्यबहादुर बस्नेतले सार्वजनिक खर्च नियन्त्रण र मितव्ययीता कायम गर्न यस्तो निर्देशन जारी गरिएको जानकारी दिए ।