आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ललितपुरमा लागूऔषधसहित ५ जना पक्राउ

ललितपुरमा लागूऔषधसहित ५ जना पक्राउ

21

ललितपुर, जेठ १ गते — ललितपुर महानगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले वडा नं. २३ र २८ का विभिन्न स्थानमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चितवनका अनिल कुँवर, सुनसरीका गौतम शर्मा, ललितपुरका रोहन पोडे, कैलालीका अभिनव रावल र चितवनका सुमन बि.क. रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ६८९ क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड, १८४ ग्राम गाँजा जस्तो पदार्थ, ६ थान मोबाइल, २ थान डिजिटल तराजु र रु. ५ हजार ५ सय २५ नगद बरामद गरिएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।