आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अनुगमनमा कैफियत भेटिएपछि करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

अनुगमनमा कैफियत भेटिएपछि करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न आदेश

23

वीरगञ्ज, जेठ १ गते — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यशोदा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तर मापदण्डअनुसार नभेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बिहीबार जारी गरेको सूचनामा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड विपरीत उत्पादन भएको पाइएकाले सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन बिक्री–वितरण रोक्न तथा बजारबाट रिकल गर्न आदेश दिएको जनाएको छ ।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा परीक्षण गर्दा ‘करेन्ट’ चाउचाउमा रहेको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु तोकिएको मापदण्डअनुसार नभेटिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) अनुसार विभागले उक्त उत्पादन तत्काल बजारबाट हटाउन तथा थप बिक्री नगर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

यसैबीच, यशोदा फुड्स प्रालिका सञ्चालक कमलकिशोर मालपानी यसअघि पनि विवादमा आएका थिए । उनीमाथि काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाहको चुनावी प्रचारमा प्रयोग गर्न करिब ७ करोड रुपैयाँ बराबरको ल्याण्डरोभर गाडी उपलब्ध गराएको आरोप लागेको थियो । विवाद बढेपछि उक्त गाडी फिर्ता गरिएको बताइएको थियो ।