आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News माउन्टेन ड्युको बिक्रीमा रोक, दुई फर्मलाई जरिवाना

माउन्टेन ड्युको बिक्रीमा रोक, दुई फर्मलाई जरिवाना

43

वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रालि पेप्सीकोलास्थित द्त्प उत्पादित माउन्टेन ड्युको ब्याच नम्बर १६८ को बिक्री–वितरणमा तत्काल रोक लगाएको छ । सामाजिक सञ्जालमा एक उपभोक्ताले पेय पदार्थ सेवनपछि बान्ता गरेको भिडियो सार्वजनिक भएपछि विभागले आकस्मिक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उक्त ब्याचमा कैफियत देखिएको आशङ्का गरिएको विभागले जनाएको छ । विभागका अनुसार ०३-०४-२६ मा उत्पादन गरिएको २५० मिलिलिटर प्याकमध्ये उद्योगमा एक क्रेट मात्र बाँकी रहेको र अन्य उत्पादन बजार पठाइसकिएको पाइएको छ ।

विभागका निर्देशक डा। बालकुमारी शर्माले उद्योगलाई कच्चा पदार्थ र खाद्य स्वच्छतासम्बन्धी विवरण पाँच दिनभित्र पेश गर्न निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म उक्त ब्याचका उत्पादन बिक्री नगर्न उद्योग र डिलरलाई निर्देशन दिइएको छ ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा बिल बीजक नदिने दुई फर्मलाई जरिवाना गरेको छ । काठमाडौँको सुन्धारास्थित बोस सुज इन्डस्ट्रिजलाई ५० हजार र टोखा नगरपालिका धापासी स्थित केआर इन्टरप्राइजेजलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।