आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता

विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता

46

काठमाडौं, बैशाख ३१ गते – विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग बिहीबार भएको भेटवार्तामा विश्व बैंकका नेपालका लागि देशीय निर्देशक डेभिड सिस्लेन ले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शिक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा शिक्षा क्षेत्र सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी गर्न इच्छुक रहेको जनाएको छ । साथै दीर्घकालीन शिक्षा सुधार तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि नेपालसँगको साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

मन्त्री पोखरेलले सरकारको वर्तमान प्राथमिकताबारे जानकारी दिँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेशन र प्रविधि विस्तारलाई सरकारको मुख्य एजेन्डाका रूपमा अघि बढाइएको बताएका थिए ।

“गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,” मन्त्री पोखरेललाई उद्धृत गर्दै सचिवालयले जनाएको छ । उनले विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइने पनि बताए ।

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार तथा समयानुकूल शिक्षा प्रणाली निर्माणका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।