आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एनसेल मुख्यालयमा सीआईबीको छापा, स्मार्ट टेलिकम सम्पत्ति खरिद प्रकरणमा अनुसन्धान तीव्र

एनसेल मुख्यालयमा सीआईबीको छापा, स्मार्ट टेलिकम सम्पत्ति खरिद प्रकरणमा अनुसन्धान तीव्र

54

काठमाडौं, बैशाख ३१ गते — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक एनसेल को लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमार्फत खरिद गरेपछि पछिल्लो समय एनसेल विवादमा तानिएको अवस्थामा सीआईबीले बिहीबार उक्त कदम चालेको हो। स्रोतका अनुसार एनसेलभित्र भएको भनिएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन तथा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा छापा मारिएको हो।

सीआईबी टोलीले मुख्यालयबाट विभिन्न महत्वपूर्ण कागजात तथा डिजिटल अभिलेख नियन्त्रणमा लिएको जनाएको छ। यद्यपि, अनुसन्धान प्रभावित हुने भन्दै अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
एनसेल यसअघि पनि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधि, कर छलि तथा स्वामित्व हस्तान्तरणसँग सम्बन्धित प्रकरणमा विवादमा पर्दै आएको छ।

भर्खरै मात्र नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर स्मार्टको सम्पत्ति गैरकानुनी रुपमा लिलामीमार्फत सकारेको प्रकरणमा एनसेलमाथि पनि अनुसन्धान हुन लागेको हो।