आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्मा विवाद, अमरेश सिंहद्वारा प्रतिपक्षको आलोचना

प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्मा विवाद, अमरेश सिंहद्वारा प्रतिपक्षको आलोचना

42

काठमाडौँ, बैशाख ३१ गते 
प्रधानमन्त्री बालेन शाह ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा जवाफ दिनुपर्ने जिम्मेवारी स्वर्णिम वाग्ले लाई दिएर अनुपस्थित भएपछि हिजो बुधबार संसद्मा विवाद चर्किएको थियो । यस विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच तीव्र मतभेद देखिएको छ भने प्रमुख प्रतिपक्षी दलले संसद्को कार्यसूची अवरुद्ध गरेका थिए ।

यसैबीच राष्टिय स्वतन्त्र पार्टी का सांसद अमरेश कुमार सिंह ले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिपक्षी दलको कडा आलोचना गरेका छन्। उनले संसद्मा भएको गतिविधिलाई ‘निन्दनीय, असंसदीय र अमर्यादित’ भन्दै प्रधानमन्त्रीले आफ्नो प्रतिनिधि तोक्नु स्वाभाविक प्रक्रिया भएको बताएका छन्।

सिंहले प्रतिपक्षले नियमावली पालना नगरी संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाउँदै सांसदहरूलाई संसदीय अभ्यासबारे थप जानकारी आवश्यक रहेको टिप्पणी गरेका छन्। उनले प्रतिपक्षलाई ‘एजेन्डाविहीन’ भएको आरोप लगाउँदै आगामी निर्वाचनमा यसको असर देखिने चेतावनीसमेत दिएका छन्।