आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News अब सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटेर १८ मन्त्रालयमा सिमित

अब सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटेर १८ मन्त्रालयमा सिमित

49

काठमाडौं, वैशाख ३१ गते — सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधार, खर्च कटौती र कार्यसम्पादन प्रभावकारी बनाउन मन्त्रालय पुनर्संरचना गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ गठन गरिएको छ भने केही मन्त्रालय गाभेर नयाँ संरचना बनाइएको सरकारले जनाएको छ।

फेरबदलपछि मन्त्रालयको नाम हुनेछ हेर्नुहोस 

१.  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

२.  अर्थ

३.  उद्योग, वाणिज्य तथा आपूर्ति

४.  ऊर्जा, जलस्रोत तथा सिँचाइ

५.  कानुन, न्याय तथा संसदीय मामिला

६.  कृषि, वन तथा पर्यावरण

७.  गृह

८.  परराष्ट्र

९.  पूर्वाधार विकास

१०.  भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन

११.  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

१२.  युवा, श्रम तथा रोजगार

१३.  रक्षा

१४.  विज्ञान, प्रविधि तथा नवप्रवर्तन

१५.  शिक्षा तथा खेलकुद

१६.  सूचना तथा सञ्‍चार

१७.  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१८.  स्वास्थ्य तथा खाद्य सुरक्षा