आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने

नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने

70

काठमाडौँ, १६ बैशाख –  नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ। हालसम्म परराष्ट्र मन्त्रालयका कूटनीतिज्ञ र सत्तारुढ दलको सिफारिसका आधारमा नियुक्ति हुँदै आएकोमा अब नयाँ अभ्यास सुरु गर्न लागिएको हो।

परराष्ट्र मन्त्री शिशिर खनालले केही राजदूत पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार निश्चित संख्यामा विज्ञापन निकालेर योग्य उम्मेदवार छनोट गरिनेछ। स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्रीको सहमति समेत लिइसकिएको छ र छिट्टै दरखास्त आह्वान हुनसक्ने संकेत गरिएको छ।

हाल नेपालका ४४ कूटनीतिक नियोगमध्ये १७ राजदूत पद रिक्त छन् भने आगामी जुलाईसम्म थप ६ पद खाली हुनेछन्। त्यसपछि सरकारले एकैपटक २४ राजदूत नियुक्त गर्ने अवसर पाउनेछ। निर्देशिका, २०७५ अनुसार कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ र बाँकी राजनीतिक नियुक्तिबाट पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।