50
काठमाडौं, १६ बैशाख — नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला दुई लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर दुई लाख ९४ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। मंगलबार प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा बिक्री भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर चार हजार ९ सय १५ रुपैयाँमा झरेको छ।