आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News साँझ ५:४५ बजेदेखि तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

साँझ ५:४५ बजेदेखि तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

58

काठमाडौँ, १६ वैशाख — राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा बुधबार साँझ ५:४५ बजेदेखि बिहीबार बिहान ७:४५ बजेसम्म हावाहुरी चल्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मोरङ, धनुषा, बारा, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, डडेलधुरा र डोटी लगायतका क्षेत्रमा प्रभाव पर्ने जनाएको छ।

हावाहुरीसँगै मेघगर्जन, चट्याङ, असिना र वर्षा हुने सम्भावना रहेको छ। यसबाट रुख ढल्ने, संरचना क्षतिग्रस्त हुने, छाना उड्ने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले हावाहुरीका बेला घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत बनाउन, कमजोर छाना बलियो बनाउन तथा अग्ला रुख, खम्बा र विद्युत तारबाट टाढा रहन आग्रह गरेको छ।