आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा सडक विस्तारका लागि आजदेखि नापजाँच सुरु

वीरगञ्जमा सडक विस्तारका लागि आजदेखि नापजाँच सुरु

36

वीरगञ्ज, १५ बैशाख –  त्रिभुवन राजपथको सडक विस्तारलाई व्यवस्थित बनाउन केन्द्रविन्दु निर्धारण गर्ने नापजाँच कार्य आज (मंगलबार) बिहानदेखि सुरु गरिएको छ।

सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले सडकको आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको थियो। बैठक महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।

सडकको वास्तविक केन्द्र स्पष्ट नभएकाले स्थानीय बासिन्दामा देखिएको अन्योलता हटाउन यो कदम चालिएको हो। अब केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गर्दै सडक विस्तार कार्य अघि बढाइने जनाइएको छ।

नापजाँच कार्य सडक डिभिजन कार्यालय हेटौँडा, नापी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त टोलीले सञ्चालन गरिरहेको छ।