आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News काठमाडौँमा नक्कली नोट साट्ने गिरोह पक्राउ, ६ जना नियन्त्रणमा

काठमाडौँमा नक्कली नोट साट्ने गिरोह पक्राउ, ६ जना नियन्त्रणमा

107

काठमाडौँ, १४ बैशाख –  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेकाहरूले सक्कली नोटको लोभ देखाई त्यसको बदलामा दोब्बर नक्कली नोट दिने भन्दै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २६ वर्षीय योगबहादुर तामाङ, बारा बस्ने ३८ वर्षीय मिलन कुमार तामाङ, दक्षिणकाली बस्ने ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगरका ३४ वर्षीय प्रवीन महतो, रौतहट गजुरा नगरपालिका–१ का २८ वर्षीय मुना धामी र चितवन कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरी रहेका छन्।

अनुसन्धान अनुसार समूहले ग्राहकलाई सक्कली नोट देखाएर विश्वास दिलाउने र पछि बाहिर सक्कली नोट राखी भित्र कागजको बिटो राखेर नक्कली बन्डल दिने गरेको पाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।