आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News धादिङमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

धादिङमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

86

धादिङ, १३ बैशाख — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिक आइतबार माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश-०१-००६-ख-७२२१ नम्बरको माइक्रो बस सडकमा पल्टिएको हो।

दुर्घटनामा घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धादिङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिशिर थापाका अनुसार वर्षात भइरहेको बेला सवारी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।