36
इटहरी, १३ बैशाख — इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बैशाख १२ गते राति करिब ८ बजे इटहरी उपमहानगरपालिका–११ स्थित शारदा विकासको घरमा डेरा गरी बस्ने भारत, बिहार राज्य नरपतनगञ्जका २९ वर्षीय मोहम्मद सहनवाजलाई पक्राउ गरिएको हो।
प्रहरीले उनको कोठाबाट ट्रामाडोल ५०,५४० क्याप्सुल र डाइसाइक्लोमिन ९,५२० ट्याब्लेट बरामद गरेको जनाएको छ। जम्मा ६०,०६० पिस लागुऔषध ट्याब्लेटरक्याप्सुल फेला परेको प्रहरीले पुष्टि गरेको छ।
बरामद लागुऔषधसहित सहनवाजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
