आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विरगंज गण्डक नहर अतिक्रमण हटाउने तयारी, आइतबारदेखि भत्काउने काम सुरु हुने

विरगंज गण्डक नहर अतिक्रमण हटाउने तयारी, आइतबारदेखि भत्काउने काम सुरु हुने

91

वीरगन्ज, पर्सा १२ बैशाख — जिल्ला प्रशासन कार्यालय पर्साले गण्डक नहर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू हटाउने तयारी गरेको छ।

वीरगन्जको गण्डक चोकदेखि जानकी टोला हुँदै इनरवासम्म फैलिएको करिब २६ किलोमिटर लामो नहर क्षेत्रभित्र नहर किनारामा बनेका घर, टहरा तथा अन्य संरचनाहरू हटाइने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।

उनका अनुसार अतिक्रमित संरचनाहरू भत्काउने काम आइतबारदेखि औपचारिक रूपमा सुरु गरिनेछ। यसका लागि प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी विशेष कार्य योजना तयार गरिएको पनि उनले बताए।

प्रशासनले नहर क्षेत्रको संरक्षण तथा पानी प्रवाहलाई व्यवस्थित बनाउन अतिक्रमण हटाउनुपर्ने आवश्यकता रहेको जनाएको छ। आवश्यक सुरक्षा व्यवस्थासहित अभियान सञ्चालन गरिने जनाइएको छ।